अहंकारको सिंहासनमा बसेको सरकार जनतासँग झुक्न बाध्य : रिजाल

110
0
Share:


११ श्रावण २०७५

banner

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपालीका नेता मिनेन्द्र रिजाले दम्भ र अंहकारको सिंहासनमा बसेको सरकार अन्तत जनताका सामुन्ने झुक्न बाध्य भएको भन्दै यो दिन सबैका लागि खुसीको दिन भएको बताएका छन्।  

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रिजालले जबरजस्ती चिकित्सा शिक्षा सुधारको योजना रोक्न सक्दैन भन्ने मान्यता स्थापित भएको भन्दै उनले मन्त्रीले सहमतिका बारेमा सदनलाई जानकारी दिनुपर्ने माग गरे। 

उनले लोकतन्त्रमा चुनावको मत भन्दा पनि जनमतको कसिमा सरकारलाई हेरिने भएकाले संविधान फेर्न सक्ने तागत छ भनेर संविधान मान्दिन भन्न नमिल्ने बताए। संविधानले सभामुख र उपसभामुख एउटै दलको बन्न सक्दैन भनेकाले अदालतको प्रतिवादी भएर नबस्न उनले सरकारको ध्यानाकर्षण गराए। उनले संविधानले देखाएको बाटोबाट अघि बढ्नुपर्नेमा सरकारलाई सचेत गराए। 
 

Share:

Leave a reply