कांग्रेससँग जाई नलाग्न चेतावनी « News of Nepal

175
0
Share:

नेपाल समाचारपत्र, काभ्रे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बढुले नेकपा र नेकपा नेतृत्वको सरकारलाई चुनौती दिदै कांग्रेसलाई नविच्क्याउन चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको सरकार विरुद्धको ¥याली पछिको कोण सभामा बोल्दै नेता बढुले सरकारलाई सच्चिन आग्रह गरे । ‘म सरकारलाई सच्चिन आग्रह गर्दछु, सरकार सच्चिएन भने सरकारको आयु आफैले घटाउँछ, नेपाली काँग्रेसको यो आन्दोलन कास्टिङ्ग मात्रै हो’–नेता बढुले भने–‘ कांग्रेस विरुद्ध जाईलाग्नेको हालत इतिहासले देखाई सकेको छ, कांग्रेससँग जाईलाग्ने प्रयास नगर ।’

अघिल्लो देउवा सरकारले गरेका सबै नियुक्ति सदर गर्न, अस्थायी र करार कर्मचारीहरु नहटाउन, संसदमा सभामुख वा उपसभामुख फरक फरक पार्टीको बनाउन नेता बढुले सरकारको ध्यानार्कषण गराए ।

सरकारले न्यायालय माथी समेत हस्तक्षेप गरेको बताउँदै नेता बढुले प्रधानन्यायाधीशको नियुक्ति रोकेर धम्क्याउने प्रयास भएको बताए । कम्युनिष्टहरुलाई चेतावनी दिदै नेता बढुले भने कांग्रेस इतिहासमा राणा र शाह बंशलाई हटाउन सक्ने तागत भएको पार्टी भएकाले कम्युनिष्टहरुको अधिनायकबाद सजिलै हटाउने भएकाले कांग्रेससँग जाईलाग्ने प्रयास नगर्न चेतावनी दिए । दुई तिहाईको दम्भमा संविधान शंशोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति दुबै बनाउने प्रयास भए कांग्रेस चुप नलाग्ने नेता बढुले बताए ।

सरकारले ल्याउन लागेको रेल नेपाल र नेपालीलाई आवश्यक नभएको बताउँदै आधारभुत क्षेत्रको विकासमा ध्यान दिन नेता बढुले बताउँदै सरकार आफै मक्किसकेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले भुकम्प पीडित लगायतका समस्यामा सरकारले ध्यान दिन नसकेको बताए । सोहि सभामा क्षेत्रिय सभापतिहरु, जिल्ला सभापति मधु आचार्य लगायतले सरकारका कामकारवाहीका बारेमा विरोध जनाएका थिए ।

धुलिखेलको बसपार्कबाट शुरु भएको ¥याली टुँडिखेल पार्कमा पुगि कोण सभामा परिणत भएको थियो । सभामा सहभािग हुन गाउँ गाउँबाट बस रिजर्भ गरेर कार्यकर्ता ल्याईएको थियो भने स्थानीय तह अनुसार सहभागि कार्यकर्ताहरुको हाजिरी गराईएको थियो ।

Share:

Leave a reply