नेदरल्याण्ड्स १८९ मा अलआउट, नेपालले पायो १९० रनको लक्ष्य

140
0
Share:

नेदरल्याण्ड्समा जारी पहिलो वान डे क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४८ औं ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियोे ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले ३, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए ।

नेदरल्याण्ड्सका लागि माइकल रिपोनले पाँचौ विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै व्यक्तिगत अर्धशतकीय पारी खेले पनि कप्तान सियलरको विकेट लिएसँगै नेपाल खेलमा हावी भएको थियो ।

नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक वान-डे खेल्दैछ। पछिल्लोपटक नेपाल र नेदरल्यान्ड्सले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा खेलेका थिए। उक्त खेलमा नेदरल्यान्ड्स ४५ रनले विजयी भएको थियो।

Share:

Leave a reply