सरकार जग्गा पास गराउने रणनीतिमा छः पौडेल

265
0
Share:

तनहुँ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाउनुभएको छ ।

तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा आज उहाँले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको छ भन्नुभयो ।

वर्तमान सरकारले एकपछि अर्को अराजनीतिक परिस्थितिहरु सिर्जना गर्दै गएको भन्दै उहाँले सरकारको बल मिचाइ प्रतिपक्ष काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।

सो खानेपानी योजना रु १५ लाखको लागतमा सम्पन्न भएको हो । बुधबार नै काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँको भादगाउँ, पोखरी भञ्ज्याङलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्नुभयो ।
रासस

Share:

Leave a reply