पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

211
0
Share:


१६ श्रावण २०७५

banner

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन्। 

नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन्। 

गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो। 

टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ। नेदरल्याण्ड्सले अहिले ३० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ। नेपालका कप्तान पारस खड्काले २ र सन्दीप लामिछानेले १ विकेट लिएका छन्। रासस

Share:

Leave a reply