जनकपुरलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न प्रस्ताव

229
0
Share:


१७ श्रावण २०७५

banner

फाइल फोटो

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनकपुरलाई ‘धार्मिक पर्यटक स्थल’ को रुपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। à¤®à¤¨à¥à¤¤à¥à¤°à¥€ यादवले नेपालको पर्यटक क्षेत्रको विकासका लागि जनकपुरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न उपयुक्त हुने सुझाव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दिएका हुन्।

जनकपुर मन्दिरै मन्दिरको सहर भएकाले यसको उचित व्यवस्थापन गरे धार्मिक पर्यटकको संख्या नेपालमा बढाउन उपयोगी हुने मन्त्री यादवको भनाइ छ।

बिहीबार काठकाडौंमा आयोजित ‘पर्यटन क्षेत्रको भावी कार्य दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनकपुरको पोखरीहरुलाई व्यवस्थित बनाउन सकेपनि पर्यटकहरुको वृद्धि गर्न सकिने पनि स्पष्ट पारे। मन्त्री यादवले जनकपुरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश २ को सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने पनि स्मरण गराए। 

मन्त्री यादवले पर्यटन क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय तहको सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए। उनले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पाठपाठनको व्यवस्था गर्न पनि ढिलाई गर्न नहुने धारणा राखे। 

Share:

Leave a reply