फोटो प्रतियोगिताका उत्कृष्ट तस्वीरहरुको प्रर्दशनी शुरु

97
0
Share:

शब्द/तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शुरु भएको छ । 

आज, १६ साउनबाट शुरु भएको फोटो प्रर्दशनी २१ साउनसम्म जारी रहने पीजे क्लबले जनाएको छ ।  फोटो प्रदर्शनीमा विभिन्न सात विधाका उकृष्ट १६० तस्वीरहरु प्रर्दशनीमा छन् ।

कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने  à¤­à¤¨à¥à¤¦à¥ˆ  अब दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको समेत आयोजना गर्ने तयारीमा क्लब रहेको जानकारी दिए ।

 à¤¨à¤°à¥‡à¤¨à¥à¤¦à¥à¤° श्रेष्ठले खिचेको ‘फोटो अफ दि इयर’ पुरस्कार à¤ªà¥à¤°à¤¾à¤ªà¥à¤¤ तस्वीर हेर्दै फुदन सदा ।

कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले पुरस्कारबापत आफूले प्राप्त गरेको रकममध्ये रु ७० हजार फुदन सदालाई हस्तान्तरण गरेका छन् । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्वीरमा देखिएका मृतक बालक कमल सदाका बुबा हुन् । 

सदाले आफू पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए। उनले भने,  “मैले रकम पाएको छु । छोरा बितेर गइगयो । अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु । जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु ।”  

श्रेष्ठको फोटो अफ दि इयर बन्न सफल तस्वीरले रु १ लाख पुरस्कार प्राप्त गरेको थियो । श्रेष्ठले बाँकी रु ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थपलियाका परिवारलाई हस्तान्तरण गरे ।

यस्तै कार्यक्रममा अग्रज फोटो पत्रकारहरुलाई सम्मान तथा प्रतियोगिताको निर्णायक मण्डललाई टोकन अफ लभ दिइएको थियो ।

Share:

Leave a reply