मोहन बैद्य किरणले आफ्नो हत्या गर्न खोजेको प्रचण्डको खुलासा 

247
0
Share:


१७ श्रावण २०७५

banner

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन ।

नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमााडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल बिषय कार्यक्रममा मोहन बैद्य किरण नेतृत्वको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरे ।

पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको दाहालको भनाई छ । पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण जान्न अझैपनि ईच्छुक रहेको दाहालले जिकिर गरे ।

नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दाहाललको दाबि छ । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै नेकपा अध्यक्ष दाहालले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी )माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताए। राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको बैद्यको भनाइ छ ।  

Share:

Leave a reply